![]()
काठमाडौं । राष्ट्रपति बिद्या भण्डारीले १० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४ बाट सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरकारले सिफारिस गरेका बिभिन्न क्षेत्रका १० युवालाइ सम्मान गरेको हो । सम्मानित हुने सबैलाइ जनही १ लाख रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरिएको छ ।
सम्मानित हुनेमा लेखन तथा पत्रकारिता पेशाबाट पत्रकार रोहित भण्डारी, मानव सेवा र शिक्षा विधामा काठमाडौंकी सविता उप्रेती, वातावरण संरक्षण युवा परिचालन विधाबाट बर्दियाका हेमन्त आचार्य, कृषि र पर्यटन विधाबाट माथिल्लो मनाङका समराज गुरुङ, साहसिक कार्य अन्तर्गत दोलखाका फुर्वा तेन्जिङ शेर्पा, उद्यमशीलता विधा अन्तर्गत काठमाडौंका सिकन्दरकुमार ठाकुर सम्मानीत भएका छन् ।
यस्तै, स्वास्थ्य क्षेत्रमा नयाँ खोज र आविष्कार विधामा कालिकोटका बसन्तकुमार शाही, इन्जिनियरिङ्ग क्षेत्र अन्तर्गत दोलखाका रामकुमार खत्री, कृषि उद्यम विधामा झापाका विशाल राई र युवा विद्या अन्तर्गत कञ्चनपुरकी सीता राना थारु सम्मानीत भइन ।
यस्तै, गायन, वक्तृत्वकला र भिजन लेखनमा उत्कृष्ठ ठहरिएकाहरुलाइ पनि राष्ट्रपति भण्डारीले सम्मान गर्नुभयो ।


