![]()
बिबिसि । केन्याका राष्ट्रपति उहुरु केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन । सन २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४.७ प्रतिशत मत प्राप्त गरे ।
चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गर्दै विपक्षी समर्थकहरुलाई भने, ‘म तिमीहरुसँगै छु….हामी एउटै गणतन्त्रका नागरिक हौं । ’
विपक्षीले भने परिणाम घोषणा हुनु अघि अस्वीकार गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने परिणाम अनुमोदन गरेका छन् । केन्याटाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो रुपमा चुनाव गराइएको पर्यवक्षेहरुको भनाइ छ ।
विपक्षी बहुल किसुमु शहर र राजधानी नाइरोबीका किबेरा लगायतका झुपडबस्ती क्षेत्रहरुमा विरोध प्रदर्शन भएका छन् ।
कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ । कैयौं पर्यवेक्षकहरुले दश वर्ष अघिको विवादास्पद चुनावपछिको हिंसा दोहोरिने हो कि भनेर त्रास पनि व्यक्त गरेका छन् । त्यसबेला १,१०० भन्दा बढि केन्यालीहरुको ज्यान गएको थियो र ६ लाख विस्थापित भएका थिए ।


