Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपालसंग पर्यटन र ब्यापारको सम्बन्ध बढाउने श्रीलंकाको प्रस्ताव

Loading

काठमाडौं । श्रीलंकका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकले नेपालसंग ब्यापार र पर्यटनको सम्बन्ध बढाउने प्रस्ताव राखेका छन । प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै राज्यमन्त्री बसन्तले बर्षेनी ठूलो संख्यामा श्रीलंकनहरु नेपाल घुम्न आउने र नेपालीहरु पनि उल्लेख्य मात्रामा श्रीलंका गैरहने भएकाले पर्यटन र ब्यापारको सम्बन्ध अझै बढाउनुपर्ने बताएका हुन । उनले भने‘ ‘विषेशगरी लुम्विनीको लागि श्रीलंकाका नागरिक आउने संख्या निकै बढि छ, कनेक्टीभि बढाउने विषयमा दुई देशबीच सहकार्य आवश्यक छ ।’

राज्य मन्त्री बसन्तले प्रधानमन्त्री देउवालाई श्रीलंका भ्रमणको लागि पनि आग्रह गरे । ‘हाम्रो राष्ट्रपतिले तपाईलाई छिट्टै श्रीलंका भ्रमणको औपचारिक निम्तो पठाउदै हुनुहुन्छ’ बसन्तले भने, ‘तपाई आउनुहुनेछ भन्ने हामीले आशा गरेका छौं ।’ उनले नेपालको राजनीतिक परिवर्तनबाट श्रीलंकाले पनि पाठ सिक्न सक्ने धारणा पनि राखेका थिए ।

जवाफमा देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाढ बनाउदै लगेको बताएका थिए । प्रधानमन्त्रीले भने, ‘ नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ । यसलाई अझै प्रगाढ बनाउने गरी कनेक्टीभिटि बढाउनु पर्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.