Breaking News.... EverestOnlineKhabar
June 3, 2026

भदौ ९ गतेबाट राजधानीमा फुटसल लिग, साउन २९ गतेबाट टिम दर्ता

Loading

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटसलका लागि राष्ट्रिय टिम निर्माण गर्ने भएको छ । राष्ट्रिय टिम निर्माणका लागि खेलाडी छनोट गर्न एन्फाले भदौ ९ गतेबाट ’एन्फा नेशनल फुटसल लिग’ संचालन गर्ने भएको छ ।

नेपाली फुटसल टिमले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको फुटसल प्रतियोगिता खेल्ने भएपछि टिम तयार गर्न लागिएको हो ।
यसका लागि एन्फाले टिम रजिस्टर गर्न सूचना समेत जारी गरेको छ । एन्फासँग आवद्ध रहेका ४५ जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजन क्लब तथा फुटबल सेन्टरका टिमहरुले उक्त लिगमा भाग लिन पाउनेछन् ।

खेलाडी नेपाली नागरिक हुनुपर्नेछ । टिम रजिस्टर गर्दा एउटा टिमले बढीमा १२ र घटीमा ८ खेलाडी दर्ता गर्नुपर्नेछ । टिम दर्ता भने साउन २९ गते आइतबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टिम दर्ता गर्न सकिने छ ।

नेपालले आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्स खेल्ने भएपछि खेलाडी छनोट गर्न लागिएको हो । नेपाल रहेको समूहमा उज्वेकिस्तान, कीर्गिस्तान र तुर्किस्थान छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed