Breaking News.... EverestOnlineKhabar
May 11, 2026

डा. केसीको समर्थनमा आकस्मिकबाहेकका सेवा ठप्पःकेसीको स्वास्थ्य अवस्था नाजुक

Loading

काठमाडौ,२७ साउन ।
उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।
केसीले उठाएका माग सम्बोधनका लागि दबाव दिँदै शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न लागिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ । संघले बाध्य भएर सेवा बहिष्कार गर्नुपरेकाले यसबाट पुग्ने असुविधाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने पनि जनाएको छ ।
तर अस्पतालमा हुने बिरामीको चाप र भर्ना भएर बसेका बिरामीको उपचार तथा सहयोगका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने संघले जनाएको छ । ११ औँ पटक अनशनमा बसेको १९ दिन हुँदा समेत सरकारले डा केसीको माग पूरा गर्न आलटाल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.