Breaking News.... EverestOnlineKhabar
October 2, 2026

विष्णुमतीको नयाँ पुल भाँचिएपछि स्थानीय बासिन्दा आक्रोशित

Loading

काठमाडौ,२७ साउन ।
काठमाडौंको मध्यभागबाट बग्ने विष्णुमती नदीमा पानीको बहाव बढ्दा नयाँ पुल भाँचिएर बगाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ को बिचबाट बग्ने विष्णुमती नदीमाथि नरदेवी, ताम्सीपाखा र डल्लु जोडिने हालसालै बनाएको पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
भर्खर बनाएर सकिएको र उद्घाटनै हुन बाँकी रहेको पुल बगाएपछि सरकारी निकायको कामप्रति स्थानीय जनप्रतिनिधिले पनि आक्रोश व्यक्त गरे । वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले आफूहरुलाई कुनै जानकारी नै नदिई पुल बनाइएको र बगाएको अवस्थामा जिम्मेवारी लिन पनि कोही नआएको भन्दै आक्रोश पोखे ।
स्थानीय बासिन्दा विपिन कपालीले पुल बनाउँदा बनाउँदै छोटो भएपछि पुनः जोडेर बनाइएको आरोप लगाए । वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले पनि पुलबारे आफूहरुलाई कुनै जानकारी नदिइएकोमा आक्रोश पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed