![]()
पोखरा,२७ साउन ।
कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–२६ बरालडाँडा गएराति गएको पहिरोले एक घर भत्किँदा तीन जना घाइते भएका छन् । स्थानीय वीरबहादुर लामाको घर पहिरोले भत्काउँदा लामासहित उनकी श्रीमती जमुना र छोरा अन्जन घाइते भएका हुन् । उनीहरुको गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।


