Breaking News.... EverestOnlineKhabar
May 11, 2026

भारतीय बिदेशमन्त्रीद्वारा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासंग भेटवार्ता

Loading

काठमाडौं । १५औं बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आउनु भएकी भारतीय बिदेशमन्त्री शुष्मा स्वराजले राष्ट्रपति बिद्या भण्डारीसंग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति निवास शीतलनिवासमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचरहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ वनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिसंग भेट गर्नुअघि बिदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको थियो । भेटका लागि स्वराज प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो ।

प्रधानमन्त्री देउवाले आपसी हीत र चासोबारे छलफल भएको आफनो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.