![]()
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दाको अर्को पेशी भदौ १५ गते तोकिएको छ । साउन १९ गते सुनुवाइ भई हेर्दाहेर्देमा राखिएको मुद्दाको पेशी साउन २६ गते अर्थात आजका लागि तोकिएको थियो ।
बिहीबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य छन् ।
सरकारले चैत २८ गते आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि डिआइजी नवराज सिलवाल आफूलाइ आइजिपी बनाउन मागसहित सर्वोच्च पुगेका थिए ।


