Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रहरीमाथि नै गृहमन्त्रीको एक्शन : फेसबुकमा फोटो राख्ने ५० भन्दा बढी कारवाहीमा

Loading

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले ५० भन्दा बढी प्रहरी अधिकारीमाथि कारवाही सुरु गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा प्रहरी पोशाकमा फोटो राख्ने प्रहरी अधिकारी कारवाहीमा तानिएका हुन ।

भर्खरै बढुवा भएको खुसियालीमा फेसबुकमा युनिफर्मसहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहितका प्रहरी अधिकृतमाथि प्रहरी प्रधान कार्यालयको कानुन शाखाले कारवाही प्रक्रिया अघि बढाएको हो । शाखाले तस्बीर अपलोड गर्ने सबैलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

कानुन शाखाले एसएसपीमा बढुवा भएका देवबहादुर बोहरा, उत्तम सुवेदी, दीवस लोहनी, रवीन्द्र धानुक, एसपीमा बुढा भएका ईश्वर कार्की तथा डीएसपीमा बढुवा भएका गङ्गाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालाई स्पष्टीकरण सोधेको छ । उनीहरुमाथि सामाजिक सञ्जालमार्फत् आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन जारी गरेको छ ।

स्पष्टिकरणमा चित्तबुझ्दो नभए उनीहरुमाथि विभागीय कारवाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.