![]()
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै डा. गोविन्द केसी ११औं पटक आमरण अनसनमै रहेकाबेला चिकित्सा शिक्षा विधेयक पास भएको छ ।
संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले बिधेयक पास गरेको हो । बिधेयक पास भएपछि अब मनमोहन, बीएन्डसी मेडिकल लगायतका कलेजले सम्बन्धन पाउने बाटो खुल्ला भएको छ ।
कार्यदलले बिधेयकमा आशयपत्र प्राप्त गरी पूर्वाधार भएको र निरीक्षण अनुगमन भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गरेको छ ।
अनसनरत डा. केसीले आशयपत्र नविकरण नगर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो ।


