![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुसारको पठनपाठन गराउनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।
विश्वविद्यालयको छैटौँ सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुलाइ महत्व दिएर पठनपाठन गराउन निर्देशन दिनुभएको हो । उहाँले विश्वविद्यालयको आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सभामा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सो विश्वविद्यालयका लागि आवश्यक बजेट दिन सरकार तयार रहेको बताउनुभयो ।
विश्वविद्यालयमा व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन भैरहेको छ ।


