![]()
काठमाडौं । पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमले ढुवानीमा भएको थप प्राविधिक नोक्सानी वेहोर्नु पर्ने माग राख्दै आजबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले निगमलाई चुनौती दिदैंं पेट्रोलियम ढुवानी नगर्ने र आगामी साउन ३१ वाट पेट्रोलियम पदार्थको कारोवार नै बन्द गर्ने धम्की दिएको छ
एशोसियसनका केही माग यस्ता छन ।
- एसोसिएसनले निगमसँग ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ८५ लिटर प्राविधिक नोक्सानी हुने गरेको भन्दै त्यसको भरपाई निगमले गर्नुपर्ने अडान राखेको छ ।
- पेट्रोल पम्पमा उपभोक्तलाई पेट्रोलियम पदार्थ विक्रिगर्दा देखिने अंक भन्दा कम परिमाणमा तेल वितरण भएपनि कारवाही गर्न नमिल्ने । नोजलवाट तेल झर्दा प्राविधिक रुपमा अंक भन्दा कम भएपनि कारवाही गर्न नमिल्ने ।
यसअघि एसोसिएसनले हिजो पत्रकार सम्मेलन गरी बिहीबारबाट पेट्रोलियम ढुवानी नगर्ने घोषणा गरेको थियो । निगमले हाल ४ हजार लिटर पेट्रोल ढुवानीमा ३५ लिटर क्षतीपुर्ती स्वरुप उपलव्ध गराउँदै आएको छ । पेट्रोलियम ढुवानी व्यवसायी र डिलर्स व्यवसायीले पटक पटक सरकारी निकायसँग विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी र वितरणमा अवोधर गर्दै आएका छन् ।
राज्यले अत्यावश्यक वस्तुका रुपमा राखेको पेट्रोलियम पदार्थको ढुवानी तथा विक्रि ठप्प गर्ने व्यवसायीलाइ कडा कारवाही गर्न माग गरेपनि सरकार लाचार बनेको छ । व्यवसायीकै मिलेमतोमा निगमका कर्मचारीले उपभोक्तालाई प्रत्यक्ष असर पर्नेगरि काम गर्ने गरेको आरोप समेत छ । निगमका विभिन्न डिपोमा रहेका कर्मचारीले व्यवसायीकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट गर्ने तथा चोरी गर्ने गरेको आरोप छ ।
व्यवसायीले पेट्रोलियम पदार्थको भाउ घट्दा कम परिमाणमा दुवानी तथा विक्रि गर्ने गरेको उपभोक्ताको गुनासो छ । निगम कर्मचारीले त्यस्तो सूचना पहिले नै चुहाउने गरेकाल े पनि व्यवसायीले उपभोक्ता ठग्ने गरेको आरोप लाग्दै आएको छ ।


