![]()
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दाको बहस आज सकिदै छ । डिआइजी नवराज सिलवालले आफूलाइ महानिरीक्षक बनाइ पाउँ भनी दिएको रिटमाथि आज बहस सकिन लागेको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सकिएपछि फैसला हुनेछ ।
सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवाल अगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो । तर, आदेशविपरीत सरकारले चैत २८ गते आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो । उक्त नियुक्तिविरुद्ध पनि डिआइजी सिलवाल पुनः सर्वोच्च पुगेका थिए ।
यो बिचमा थुप्रै पटक यो मुद्दामा बहस भैसकेको छ । धेरै पटक हेर्दाहेर्दैमा परेको मुद्दा आज टुंगोमा पुग्ने विश्वास गरिएको छ ।


