Breaking News.... EverestOnlineKhabar
May 11, 2026

फुटबलमा नेपालको सुधार, फिफा वरियतामा १६९औं स्थानमा, जर्मनीलाइ पछार्दै ब्राजिल पहिलो स्थानमा

Loading

एजेन्सी । बिश्व फुटबल वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा उक्लिएको हो ।

सार्क देशमा भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा पुगेको छ । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा परेका छन ।

बंगलादेशले पनि एक स्थान सुधार गर्दै १८९ औं स्थानमा छ । श्रीलंका १९७ र पाकिस्तान २०० औं स्थानमा परेका छन ।

ब्राजिल पहिलो 
फिफा र्याङकिङमा ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ । जर्मनीलाई पछि पार्दै ब्राजिल पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.