Breaking News.... EverestOnlineKhabar
May 11, 2026

अस्पतालबाट डिस्चार्ज हुँदै भट्टराईले भने– राज्यबाट कुनै आर्थिक सहयोग लिन्न

Loading

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै बिशिष्ट व्यक्तिहरुले बिदेशमा नभइ स्वदेशमै उपचार गर्नुपर्ने बताएका छन ।

भक्तपुरको नागरिक सामुदायिक अस्पतालमा मुलथैलीको उपचारपछि डिस्चार्ज भएका भट्टराईले पत्रकार सम्मेलन गर्दै भने, ‘सम्भव भएसम्म सबैले स्वदेशमै उपचार गर्नुपर्छ । ’

चिकित्सकले उनलाई अझै दुई हप्ता घरमै आराम गर्न सल्लाह दिएका छन । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको जानकारी उनले दिए । उपचारमा लागेको सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.