![]()
चितवन । चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन सुरु गरिएको छ । अनुगमनमा लागि बिभिन्न स्थानमा अत्यधुनिक प्रविधिका क्यामरा जडान गरिएको छ ।
राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्रापिङ–विधिको प्रयोग गरिएको हो ।
सो क्षेत्रमा १६ स्थानमा ३२ वटा अत्यधुनिक क्यामरा राखेर अनुगमन थालिएको छ । बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भएपनि सडकलाई नै केन्द्रीत गरेर क्यामरा ट्र्या्पिङबाट अनुगमन भएको यो पहिलो पटक हो ।
चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा यो कार्यक्रम संचालन गरिएको हो ।
दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैँडा, भालु, चित्तल चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने गर्दछन । यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका छन् ।


