Breaking News.... EverestOnlineKhabar
May 11, 2026

एनआरएन अमेरिकाको चुनाव स्थगित, अब अदालतको भर

Loading

एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन स्थगित भएको छ । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले अर्को सूचना जारी नगरुन्जेल निर्वाचन स्थगित भएको जनाएको हो ।

आगामी शुक्रबार र शनिबार निर्वाचनको मिति तय गरिएको थियो । निर्वाचनका लागि झन्डै दुईसय भन्दा बढी उम्मेदवार थिए ।

गत मंगलबार टेनेसी राज्य रक्सभ्युको काउन्टी अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन स्थगनलाई अदालतको आदेशसँग जोडेर हेरिएको छ ।

अध्यक्ष पदमा मनोनयन दर्ता गरे पनि निर्वाचन आयोगले सूचना प्रविधि क्षेत्रका व्यवसायी गौरीराज जोशीलाई उम्मेदवारका लागि अयोग्य गरेपछि, विवाद चर्किएको थियो । जोशीसहित उनका सहयोगी एवम् महासचिव पदमा उम्मेदवारी दिएका पूर्ण बानियाँले अदालतमा रिट निवेदन हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.