Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संसदमा भारतीय दादागिरी बिरुद्ध कड्किए रावल, वाणिज्य दूतलाइ देश निकाला गर्न माग

Loading

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले भारतीय वाणिज्य दूतलाइ देश निकाला गर्न माग गर्दै संसदमा कुरा उठाएका छन ।

व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएका क्रियाकलाप आपत्तीजनक रहेको बताए । भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्ने बताउँदै उनले सरकारलाइ गम्भीर बन्न आग्रह गरे ।

भियना सम्मेलन स्मरण गराउँदै सांसद रावलले कुनैपनि कुटनीतिक निकायले अर्काको देशमा हस्तक्षेप गर्न नहुने स्पष्ट पारे । ‘यदि कुनै पनि देशको कुटनीतिक दूतले भियना कम्भेन्सनका प्रावधानलाई उल्लंघन गरेमा निजलाई देशबाट निष्काशित गर्नसक्ने, कारवाही गर्नसक्ने प्रत्येक देशको सार्वभौम अधिकार हो ।’ रावलले भने ।

वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावासले उम्मेदवार हुने व्यक्तिलाई कार्यालयमा बोलाउने, हप्काउने, प्रलोभन दिने र भौतिक सुविधाहरु बाँड्ने लगायतका गतिविधि गरेको रावलको आरोप छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणतर्फ इङ्गित गर्दै उनले भने भ्रमणमा जानु अघि यी विषयमा प्रधानमन्त्रीलाइ जानकारी छ कि छैन ? सरकारले यससम्बन्धमा अविलम्ब सदनमा जानकारी गराओस् ।

‘भारतीय वाणिज्य दूतले वीरगञ्जमा विभिन्न पार्टीका मान्छे बोलाएर त्यस्तो काम गर्दा पनि सरकार चुप लाग्नुको कारण के हो ?’ रावलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.