![]()
काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी स्वाइनपफ्लुका कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको बताए। फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको उनले बताए।
मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे।


