Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नवलपरासीका ४ गाउँपालिका डुबानमा, डेढसय घर भत्किए, जनजीवन अस्तव्यस्त

Loading

नवलपरासी । अविरल बर्षापछि भएको डुबानका कारण नवलपरासीका चार गाउँपालिकाको जनजीवन अस्तव्यस्त भएको छ । बर्षा र बाढीका कारण करिब ३ हजार डुबानमा परेको र ती मध्ये करिब १ सय ५० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीयवासीले बताएका छन । एक हजार घरधुरी संख्या अझै बाढी र हिलोका कारण घरमा बस्न पाएका छैनन् ।

बिस्थापित सर्वसाधारण स्थानीय विद्यालय र आश्रमहरुमा शरण लिएर बसिरहेका छन । जिल्ला दैविक प्रकोप उद्दार समिति, सम्बन्धित गाउँपालिका र विभिन्न संघसंसथाहरुले उनीहरुलाइ चामल, दाल, नुन, चिनी, तरकारी, चिउरा दालमोट लगायतका राहत सामाग्री वितरण गरिरहेका छन ।

बाढीले परासी क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिका र बर्दघाट, सुनवल रामग्राम गरि ३ नगरपलिाका प्रत्यक्ष रुपमा प्रभावित भएका छन । बाढीले ठाउँ ठाउँमा कटान भएको महेसपुर र त्रिवेणी सडक खण्डमा अझै यातायात सुचारु हुन सकेको छैन । त्यस्तै भित्री सडक खण्डमा सोमनी र ठुलो खैरेटवा, नर्सही र बद्रीघाट, गाउँको बाटो पनि कटान र पानीको बहावले जनजीवन अस्तव्यस्त पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.