Breaking News.... EverestOnlineKhabar
May 11, 2026

राजपा नेताहरुको आपसमा मन फाट्यो, चुनावमा नजाने निर्णयबारे भोलि प्रेस मिट

Loading

काठमाडौं । राजपाले करिब एक साता लामो पदाधिकारी र केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे भोलि बिहीबार औपचारिक जानकारी गराउने भएको छ । यसका लागि दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

बैठकले यथास्थितिमा निर्वाचनमा नजाने निर्णय गरेपनि त्यसलाइ औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । बैठकमा ह्दयेश त्रिपाठी, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र यादव लगायतका नेताहरुले निर्वाचनमा जानुपर्ने अडान लिएपनि महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झाले संविधान संशोधन नगरी निर्वाचनमा गए आत्मघाती हुने बताएका थिए ।

पहिलो चरणमा पदाधिकारी बैठक र दोस्रो चरणमा केन्द्रीय समिति बैठकमा घनिभूत छलफल गरेको राजपाले अन्ततः कुनै नयाँ निर्णय भने गर्न सकेन । चुनावको पक्षमा देखिएका नेताहरु समेत निर्णायक हुन सकेनन । सुरुमा चुनावमा जानुपर्ने आवाज ठूलो भएपनि समूहगत छलफल हुँदै निर्णय प्रक्रियामा आउँदासम्म यथाअवस्थामा निर्वाचनमा जान नसकिने मत बलियो बनेको थियो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले नेताहरुलाइ पहिला आफूले दृष्टिकोण स्पष्ट गर्न सुझाव दिएका थिए । मधेशमा लामो समय आन्दोलन गरिएपनि उपलब्धि नहुँदा भने उनीहरुले आक्रोश पोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.