Breaking News.... EverestOnlineKhabar
May 11, 2026

भट्टराईको स्वास्थ्य अवस्था बुझन ओली पुगे अस्पताल, १० मिनेट सुखदुःख साटासाट

Loading

काठमाडौं । राजनीतिमा जतिसुकै कटुता भएपनि नेपाली नेताहरुमा भएको उच्च राजनीतिक संस्कार भने विश्वमै उदाहरणीय छ । जतिसुकै पेचिला र अमिल्दा मुद्दामा पनि घण्टौं पट्यारलाग्दो बहस गर्न छाडदैनन नेपाली नेताहरु । एक अर्काको बिचारप्रति जतिसुकै बिमति भएपनि व्यक्तिगत हार्दिकता र शिष्टताबाट उनीहरु कहिल्यै चुक्दैनन । यसको पछिल्लो उदाहरण बनेका छन एमाले अध्यक्ष केपी ओली र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई ।

मुत्रथैलीको समस्याबाट पीडित डा. भट्टराईले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा शल्यक्रिया गराएका थिए । उनको स्वास्थ्य बुझन एमाले अध्यक्ष ओली बुधवार आफै अस्पताल पुगेका हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भट्टराईलाइ भेटेको दोस्रो दिन ओली पूर्व मन्त्री महेश बस्नेतको साथमा अस्पताल पुगेका हुन ।

दुई नेताबीच करिव १० मिनेट कुराकानी भएको थियो । भेटपछि अध्यक्ष ओलीले भटराईको स्वास्थ्य अवस्था बुझ्न आफु अस्पताल आएको प्रतिकृया दिए । ओली झापाबाट एयरर्पोट झरेर सिधै भट्राई उपचाररत अस्पताल पुगेका थिए । उनले भेटमा केही राजनीतिक विषयमा समेत कुराकानी भएको बताए । उनले भने–‘राजनीतिज्ञहरु विरामी भएपनि मुलुकको चिन्ता गर्न छाडदैनन् । ’

भट्टराईको गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उनी आजै डिस्चार्ज हँुदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.