Breaking News.... EverestOnlineKhabar
May 10, 2026

राजपा अनिर्णयको बन्दीःनिर्वाचनमा जाने नजानेबारे निर्णय गर्न सकेन

Loading

काठमाडौ,२५ साउन ।
निर्वाचनमा जाने नजाने विषयमा कुनै निर्णय नै नगरी राष्ट्रिय जनता पार्टी नेपालको बैठक सकिएको छ। आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकमा दुईथरी धारणा आएपछि बैठकले कुनै निर्णय गर्न नसकेको हो।
संविधान संशोधन नभइकन निर्वाचनमा जानै नहुने एकथरी धारणा र संशोधन नभए पनि निर्वाचनमा जानुपर्ने अर्कोथरी धारणा बैठकमा आएको थियो। संविधान संशोधन नभएको अवस्थामा त्यही एजेण्डालाई लिएर निर्वाचनमा जानुपर्ने धारणा राख्ने केन्द्रीय सदस्यहरुले सरकारले पूरा गर्नसक्ने मागहरुका लागि दबाब दिनुपर्ने धारणा राखेका थिए।
अहिले संविधान संशोधन गर्ने अंकगणित नभएको भन्दै उनीहरुले स्थानीय तहको संख्या बृद्धि, शहीद घोषणा, घाइतेहरुको उपचार र बन्दी रिहा लगायतका मागहरु पूरा हुनुपर्ने उनीहरुको धारणा थियो।
अध्यक्ष महन्थ ठाकुरले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने शर्तमा पारित गरिएको राजपाका महासचिव केशव झाले जानकारी दिए । अध्यक्ष मण्डलको बैठक बसेर बिहिबार यसलाई अन्तिम रुप दिने झाले बताए।
अध्यक्ष ठाकुरको राजनीतिक प्रस्तावमा संविधान संशोधन नभइकन निर्वाचनमा जान नहुने उल्लेख गरेका थिए। आफ्ना मागहरु पूरा गर्नका लागि सरकारलाई राजपाले बढीमा सात दिनको अल्टिमेटम दिने राजपा श्रोतले जनाएको छ । स्रोतका अनुसार राजपाले दिएको समयभित्र माग पूरा नभए सशक्त आन्दोन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.