![]()
काठमाडौं । नेबिसंघका अध्यक्ष नैन सिंह महर संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । अगस्त ९ तारिखदेखि १४ सम्म बिश्वका बिभिन्न देशका २८ बर्ष मुनीका बिद्यार्थी नेताहरुको सम्मेलनमा अवलोकनकर्ताका रुपमा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नु भएको हो । महरको साथमा महामन्त्री सरोज थापा र अध्यक्षका बैदेशिक सल्लाहकार डम्मर सुनार पनि जानु भएको छ ।
अमेरिका जानुअघि अध्यक्ष महरले संघको बैठक राखी बिभिन्न ११ जिल्ला र ५ वटा क्याम्पसमा तीन महिना भित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गर्नुभएको उपाध्यक्ष पुष्प शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार निम्न जिल्ला र क्याम्पसमा अधिवेशन गर्ने र गराउने जिम्मेवारी तोकिएको छ ।
१.रौतहट–सागर परियार (केन्द्रीय उपाध्यक्ष )
२.कञ्चनपुर–महेश्वरी कुँवर (सह महामन्त्री )
३.कास्की–ईश्वर बिष्ट (केन्द्रीय सदस्य )
४.मुस्ताङ–हरिहर शर्मा (केन्द्रीय सदस्य)
५.भक्तपुर–राजेश रौनियार (केन्द्रीय सदस्य)
६.धनुषा–प्रकाश घिमिरे (केन्द्रीय सदस्य )
७.सिराहा–माधव ढकाल (केन्द्रीय सदस्य )
८.पर्सा–प्रेमराज जोशी (केन्द्रीय सदस्य )
९.सुर्खेत कृष्ण कार्की (केन्द्रीय सदस्य )
१०.रूपन्देही–शिव रिमाल (केन्द्रीय सदस्य )
११.सोलुखुम्बु–चेतबहादुर मगर (केन्द्रीय सदस्य)
यस्तै, बिभिन्न ५ वटा क्याम्पसमा पनि अधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ ।
१.एडभान्स कलेज (ललितपुर)– साधना घिमिरे (सहमहामन्त्री)
२.काठमाडौं इन्जिनियरिङ कलेज–मनिष थापा (केन्द्रीय सदस्य)
३.एमसिआइटी–प्रेम शाही (केन्द्रीय सदस्य)
४.कसमस इन्जिनियरिङ कलेज–रुपा पोखरेल (केन्द्रीय सदस्य )
५.नेपाल इन्जिनियरिङ कलेज (भक्तपुर)–बिरेन्द्र गिरी
आफनो अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी संजय यादवलाइ प्रदान गरिएको छ । अध्यक्ष महरको टोली भदौ ४ गते स्वदेश फर्कने छ ।


