![]()
काठमाडौ,२५ साउन ।
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले २ नम्बर प्रदेशका स्थानीय तहका लागि पाँच दिन भित्र उम्मेदवार चयन गरेर नामावली पठाउन क्षेत्र र जिल्लालाई परिपत्र गर्ने निर्णय गरेको छ। मंगलबार दिनभर बसेको समितिको बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।
उनले भनेः‘पहिलै पठाएको सर्कुलरको प्रकृया पुरा गरि उम्मेदवार चयन गरेर पठाउन पाँच दिनको समय दिने निर्णय भएको छ ।’
प्रदेश २ मा पनि अन्य प्रदेशमा जसरी उम्मेदवारी चयन हुनेछ।
बैठकमा भने छिटो र कम विवादित बनाउनका लागि क्षेत्रीय संयन्त्रमा परिमार्जन गर्नुपर्ने कुरा उठेको थियो। पहिलेका चुनावमा उम्मेदवारी चयन ढिलो भएको र कार्यकर्ताले प्रचारप्रसार राम्रो संग गर्न नपाएकोले २ नम्बरमा भने छिटै चयन गर्नुपर्नेबारे छलफल भएको नेता बालकृष्ण खाणले बताए।
संयन्त्रलाई अल्लि बढि अधिकार दिनुपर्ने कुरा उठेपनि पहिलेझैँ उम्मेदवार चयन गरेर नामावली पठाउन भनिएको छ। यसका लागि संयन्त्रलाई ५ दिनको समय दिइएको हो।


