Breaking News.... EverestOnlineKhabar
May 10, 2026

लगानी बढाउन प्रशासनिक र कानूनी झन्झट हटाउँछु :प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको चौतर्फी विकासका लागि लगानी आवश्यक रहेको भन्दै त्यसका लागि प्रशासनिक र कानूनी बाटो सहज बनाउने बताउनु भएको छ । ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानी सम्बन्धी कतिपय कानून संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको बताउनुभयो । ‘केही झन्झट भए त्यो पनि हटाएर लगानीको वातावरण बनाउन तयार छु । ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएकाले अब कुल गार्हस्थ्य उत्पादन र रोजगारीका अवसरमा पनि सुधार आउने बताउनुभयो । जिम्मेवार व्यवसाय भनेको केही नाफाको अंश सामाजिक कार्यक्रममा खर्च गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले आर्थिक वृद्धि र स्वच्छ समतामूलक दिगो अर्थव्यवस्थालाइ संगसंगै लैजाने काममा व्यवसायीले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारको प्रमुख दायित्व संविधानको स्वीकार्यता बढाएरस सफल कार्यान्वयन गर्नु रहेको बताउनुभयो । त्यसका लागि स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र अन्तिम चरणको निर्वाचन आगामी असोज २ गते हुन गइरहेको जानकारी उहाँले गराउनुभयो । उहाँले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि आवश्यक तयारी भइरहेको र त्यसमा निर्वाचन क्षेत्र निर्धारण आयोगले काम शुरु गरिसकेको जानकारी पनि दिनुभयो ।

विभिन्न सत्रमा दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, चीन, सिंगापुरलगायत मुलुकका सयौँ प्रतिष्ठित व्यवसायी, विभिन्न विषयका विज्ञ, अनुसन्धानकर्ता सहभागी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.