Breaking News.... EverestOnlineKhabar
May 11, 2026

७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने खेल मन्त्रीको घोषणा

Loading

काठमाडौं । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला स्थापना गर्ने बताउनु भएको छ ।
काठमाडौंमा आयोजित एक अन्तक्रियामा मन्त्री केसीले नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला आवश्यक रहेको बताउनुभयो । आफले यही अवधारणा अनुसार काम सुरु गरिसकेको उहाँले बताउनुभयो ।

नेपालगन्ज, पोखरा, झापा, विराटनगर जनकपुर, धनगढी लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने आफनो योजना रहेको उहाँले बताउनुभयो ।

मन्त्री केसीले आफनो कार्यकालमा खेलकुद क्षेत्र व्यवसायिकरणमा प्रवेश गर्ने दावी गर्नुभयो । ‘विश्वमा धेरै खेलाडीहरुले खेलकै माध्यमबाट अर्बो र खर्बो रुपैयाँ आर्जन गरिरहेका छन, विज्ञापनकामार्फत भनौं या अन्य माध्यामबाट खेलाडीहरुले राम्रो पैसा कमाईरहेका छन् । नेपालमा पनि त्यो अवस्था हुन्छ अब । ’ केसीले भने ।

खेलको विकास गर्नको लागि एक अर्ब ६० करोड छुट्याइएको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.