Breaking News.... EverestOnlineKhabar
May 10, 2026

एनआरएनए जापान कोषाध्यक्षका दावेदार प्रेम प्रसाद कँडेलको प्रतिवद्धता-‘म बोलेर होइन, गरेर देखाउँछु’

Loading

एजेन्सी । दुई बर्षअघिको एनआरएन निर्वाचनमा उम्मेद्धारी फिर्ता लिन दबाव देखी, अन्तिममा प्राविधिक कारणबस झिनो मतले पछि पार्दै पराजित गराइएको थियो’ एनआरएनए जापानका कोषाध्यक्षमा उम्मेद्धारी घोषणा गरेका प्रेम प्रसाद कँडेलले भने -‘म चाप्लुसी र चिप्लो कुरा गर्न जान्दिन बोलेर होइन काम गरेर देखाउँछु त्यसैले पुरानो चोट निकोपार्न फेरीपनि कोषाध्यक्षमा उम्मेद्धारी दिएको हुँ ।’

‘अनेक बुँदा समेटेर यो गर्छु र त्यो गर्छु भन्ने बुट्टा भर्नु भन्दा इमान्दार भएर जापानमा रहेका नेपालीको पक्षमा र थोरै भएपनि देशको हितमा केही गर्ने प्रण सहित कोषाध्यक्षमा उम्मेद्धारी दिएको हुँ’ प्रेम प्रसाद कँडेलले भने -‘गुलिया, मिठा, चिप्ला कुरा गर्नु भन्दा सामान्य परिवारको दुखबाट हुर्केर आएको म एनआरएन जापानलाई कुक देखी विद्यार्थी अनि व्यवसाय र रोजगार गरिरहनुभएका सबै नेपालीको साझा संस्था हो भन्ने अनुभुती र आर्थिक रुपमा पारदर्शी बनाउने बाचा गर्छु ।’

एक दशक देखी जापानमा रहँदै आएका कँडेलको स्थायि घर बाग्लुङ बिहुँकोट हो । उनले यसअघि एनआरएन कान्तो क्षेत्रको उपाध्यक्षका रुपमा समेत सफल कार्यकाल विताइसकेका छन् ।

अघिल्लो एनआरएनए जापानको निर्वाचनमा मतसंख्याका आधारमा आफुले जितेपनि बदर मत बढी बनाएर पराजित गराइएको दाबी गर्दै कँडेलले आफुलाई मतदिने उतिबेलामा सबै मतदातालाई धन्यवाद समेत व्यक्त गरे ।

‘हालको एनआरएन कोषको अवस्था र प्रयोग अनि पारदर्शीताबारे जापानका सबै नेपाली जानकार छन्’ एनआरएनए जापानको कोषाध्यक्षमा २०१७-०१९ को लागि उम्मेद्धारी घोषणा गरेका प्रेम प्रसाद कँडेलले भने -‘त्यसैले अब यस्ता कुराको साक्षि बस्ने अनि राम्रा फोटो, ठूला कुरा, पद, पैसा र पावर प्रयोग गरेर कोषाध्यक्ष पद हत्याउन आतुरभएकाहरुलाई जापानका ईमान्दार र सच्चा देशभक्त नेपालीले जवाफ दिन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.