![]()
काठमाडौं । साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका भरतपुर महानगरपालिकाका एमाले उम्मदेवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार निरव विहिबार अपराह्न २५ हजार धरौटी तिरेर रिहा भएका हुन् । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाइ रिहाको फैसला गरेको हो ।
भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली बेइज्जन गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले निरवलाई बुधवार पक्राउ गरेको थियो ।


