![]()
बिबिसि । ब्राजिलको संसदले राष्ट्रपति मिचेल टेमरविरुद्धको भ्रष्टाचारको मुद्दालाई सर्वोच्च अदालतमा नपठाउने निर्णय गरेको छ । संसदको तल्लो सदनमा भएको मतदानमा टेमरविरुद्ध मुद्दा दायर गर्नुपर्ने विपक्षीको प्रस्तावविरुद्ध तथा राष्ट्रपतिको पक्षमा बहुमत आएपछि राष्ट्रपतिलाइ राहत मिलेको हो ।
५ सय १३ सदस्यीय संसदमा राष्ट्रपतिविरुद्ध मुद्दा दायर गर्ने विपक्षीको प्रस्तावको विपक्षमा २६३ र पक्षमा २ सय २७ मत परेको थियो । प्रस्ताव पारित हुन कम्तिमा ३ सय ४२ मत आवश्यक पर्छ । राष्ट्रपति टेमरले एक कम्पनीबाट १ करोड २० लाख डलर घुस लिएको मुद्दा सर्वोच्चमा पुगेपछि अदालतले सो बिषयमा निर्णय गर्न संसदको तल्लो सदनलाई जिम्मा दिएको थियो ।


