![]()
एजेन्सी । सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको ज्यान गएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोटका ४० बर्षीय लिलाजंग गुरुङको सवारी दुर्घटनामा परी निधन भएको हो । उनी बिगत ६ वर्षदेखि अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत थिए ।
दोहाको साउदी बोर्डरमा रहेको बालुवा प्रशोधन कम्पनीमा बालुवा लिन जाँदै गर्दा बिपरित दिशाबाट आइरहेको ट्रकसंग उनी ठोक्किएका थिए । गुरुङको शव दोहाको हमाद हस्पिटलमा राखिएको छ र नेपाल ल्याउने प्रक्रिया सुरु भैसकेको छ ।
मृतक गुरुङको घरमा पत्नि, १ छोरी र १ छोरा छन् । उनीहरु हाल बेंसीसहर बस्दै आएका छन् । पतिको निधनपछि पत्नि बेहोस अवस्थामा अस्पतालमा छिन ।


