![]()
महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले प्रदेश नम्बर २ को चुनावले पार्टीको इज्जत धान्ने विश्वास व्यक्त गरेका छन । दुइ नम्बर प्रदेशको चुनावी अभियानकाक्रममा महोत्तरी पुग्नु भएका महामन्त्री कोइरालाले प्रदेश नं २ नेपाली कांग्रेसको भोट बैंक भएकाले एक नम्बर पार्टी हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
बर्दिवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले पहिलो र दोस्रो चरणमा कांग्रेस आफनै कारणले दोस्रो स्थानमा पुगेको बताउनुभयो । एमाले वा अरु कुनै दल राम्रो भएर भन्दा पनि कांग्रेस आफै भित्रको अन्तर्घातका कारण पराजित हुन पुगेको उहाँले बताउनुभयो । अन्तर्घातीका विषयमा पार्टीमा छानबिन चलिरहेको जानकारी दिदै उहाँले अब पार्टी शुद्धिकरणमा लागेको धारणा राख्नुभयो । अन्तर्घातीलाइ कारवाही हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो ।
महामन्त्री कोइरालो सबै वर्ग जाति र समुदायका मुद्दा कांग्रेसले मात्रै सम्बोधन गर्ने दावी गर्नुभयो ।


