Breaking News.... EverestOnlineKhabar
May 11, 2026

भरतपुर महानगरपालिका १९ मा भोलि चुनाव, सबै तयारी पूरा

Loading

चितवन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा शुक्रवार पुनः मतदान हुँदैछ । सर्वोच्च अदालतको आदेश बमोजिम सो वडामा पुनः मतदान हुन लागेको हो ।

चुनावका लागि निर्वाचन आयोगले आवश्यक कर्मचारी खटाएर तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएका छन । मतदानका क्रममा पानी परे मतदान कार्य प्रभावित नहोस भनेर मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।

मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि एमालेका देवी ज्ञवाली र कांग्रेस माओवादी गठवन्धनकातर्फबाट रेणु दाहाल उम्मेदवार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.