![]()
काठमाडौं । आध्यात्मिक गुरु आचार्य खेमराज केशवशरणको निधन भएको छ । अल्जाइमर्सबाट पीडित आचार्यलाइ एक्कासी हृदयाघात भएको परिवारले जनाएको छ । एक महिना अघि पनि उनलाइ ब्रेन हेमरेज भएको थियो ।
उनका दुई छोरा मोहन उपाध्याय र गिरिधर उपाध्याय तथा दुई छोरी ब्रजेश्वरी लामिछाने र योगेश्वरी भट्टराई छन् । अमेरिकामा बस्ने जेठो छोरा नआइपुगेकाले बिहीबार हुने भनिएको अन्त्येष्टि रोकिएको छ । छोरा आइपुगेपछि शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
आचार्य खेमराजलाइ चार दिन अघि मात्रै देवघाटबाट काठमाडौं ल्याइएको थियो ।
मोरङको लेटाङ जाँते भन्ने ठाउँमा जन्मिएका खेमराज २०३५ सालदेखि चितवनको पवित्र तीर्थस्थल देवघाटमा बस्दै आएका थिए । ८१ वर्षीय आचार्य संस्कृति क्षेत्रका बिद्ववान थिए । उनलाई महन्त श्री सन्त शिरोमणिका रुपमा समेत चिनिन्थ्यो । उनमा १९ भाषामा प्रवचन दिने अलौकिक प्रतिभा र ज्ञान थियो ।


