![]()
काठमाडौं । बरिष्ट समाजसेवी सुमित्रा बस्नेत नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित भएकी छिन । उनलाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जागृति सामाज नेपालकातर्फबाट सम्मान गर्नुभएको हो ।
राष्ट्रिय जीवनका बिबिध क्षेत्रमा संलग्न भइ अनवरत शान्ति र सहिष्णुताका पक्षमा भूमिका निर्वाह गरेको भन्दै बस्नेतलाइ सो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । बस्नेत बिगत दुइ दशकदेखि सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले बित्तिय क्षेत्रमा तथा विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न पनि महत्वपुर्ण भुमिका निर्बाह गरेको आयोजकको ठहर छ ।
महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत पनि उहाँले योगदान पु¥याउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी केसीले बस्नेतलाइ अझै जोश जांगर र उत्साहकासाथ अघि बढन शुभकामना दिनुभयो । समाजसेवी बस्नेतले सम्मानबाट आफूलाइ अझै अघि बढने प्रेरणा मिलेको धारणा राख्नुभयो ।


