![]()
जनकपुर । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी (राजपा)लाई एमालेविरुद्ध प्रयोग गरिरहेको आरोप लगाउनु भएको छ ।
प्रदेश नम्बर २ को चुनावी प्रचार अभियानकाक्रममा जनकपुर पुग्नु भएका सचिव भट्टराईले मधेशका मुद्दामा एमाले सदैव सकारात्मक भएपनि कांग्रेस र माओवादीले मधेश केन्द्रीत दलहरु खासगरी राजपालाइ भड्काइरहेको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भएपनि राजपा टाढिएर बस्नु चिन्ताको विषय भएको बताउनुभयो ।
सचिव भट्टराईले भारतको हेपाह प्रवृतिबिरुद्ध बोल्दा एमालेलाइ भारत विरोधी भन्नु अतिवाद भएको भन्दै मुलुक र जनतालाइ केन्द्रमा राखेर कुनैपनि दलसंग सहकार्य गर्न एमाले तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्दा मुलुकलाइ आर्थिक तथा राजनीतिक लाभ हुने दावी समेत गर्नुभयो ।


