![]()
काठमाडौं । सूचना तथा संचार मन्त्री एवम सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चीनको महत्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ लाइ नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–चीन सम्बन्ध’ विषयक अन्तक्रियामा बोल्दै मन्त्री बस्नेतले वान वेल्ट वान रोड परियोजनाले नेपालको विकासको अर्को नयाँ ढोका खोल्ने दावी गर्नुभयो । उहाँले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएकाले चीनसंग सहकार्य गर्दा अन्य मुलुकसंगको सम्बन्ध नबिग्रने दावी गर्नुभयो ।
मन्त्री बस्नेतले तातोपानी नाका खुलाउने विषयमा चीनसँग पहल भइरहेको पनि जानकारी दिनुभयो । तातोपानी नाका नखुलेकै कारण मुलुकलाई अरबौंको राजस्व घाटा भइरहेको उहाँले बताउनुभयो ।
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति र्पुयाएपछि तातोपानी नाका खुल्न सकेको छैन ।


