Breaking News.... EverestOnlineKhabar
May 11, 2026

रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा ट्रम्पले गरे हस्ताक्षर

Loading

एजेन्सी,१९ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी संसद सिनेटले विधेयक पास गरेपछि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन । विधेयकमा इरान र उत्तर कोरियामाथि पनि प्रतिबन्ध लगाइने उल्लेख छ ।
नयाँ कानुनले राष्ट्रपति ट्रम्पको असिमित अधिकारलाई पनि केही कटौती गरिदिएको छ ।

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेप र सिरिया तथा युक्रेनमा भएको आक्रमणका लागि रुसलाई दण्डित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।
यसैबीच अमेरिकाले प्रतिबन्धलगाएको विषयमा रुसले कडा आपत्ति जनाएको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले अमेरिकाले रुसका विरुद्ध व्यापारिक युद्ध घोषणा गरेको बताए ।
इरानले पनि नयाँ प्रतिबन्धले परमाणु सम्झौताको उल्लंघन भएको भन्दै यसको उचित तरीकाले जवाफ दिने प्रतिक्रिया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.