Breaking News.... EverestOnlineKhabar
May 11, 2026

११ डिआइजी एआइजीमा बढुवा, सईको बढुवा अन्योलमै

Loading

काठमाडौं । लामो समयपछि सरकारले ११ डिआइजीलाइ एआइजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्द, देबेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाइ एआइजीमा बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार मन्त्रिपरिषद्को बढुवाको निर्णय गरेको हो । यसअघि बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो ।

सरकारले गरेको बढुवा अन्यायपूर्ण र पूर्वाग्रही भएको भन्दै असन्तुष्टि समेत बढेको छ । केही काबिल, अनुशासित र नेताहरुको घर दैलो नचाहर्ने डिआइजीको बढुवा नगरी उनीहरुको ‘मोरल डाउन’ गरिएको भन्दै समाजिक संजालमा बिरोध सुरु भएको छ ।

नायब निरीक्षक (सई) को बढुवा अन्योलमै
२०६० सालदेखि बढुवा रोकिएका सईहरुको ब्याजमा पनि निराशा छाएको देखिन्छ । प्रहरीमा २०५९ र ०६० सालमा सईमा बढुवा भएकाहरू अहिलेसम्म इन्स्पेक्टर बन्न सकेका छैनन् । लामो समयसम्म अवरुद्ध सईहरूको बढुवा प्रक्रिया झन अबरुद्ध हुंदा समस्या झन बल्भेको छ ।
अहिले इन्स्पेक्टर पदमा करिब एक सय ३० दरबन्दी दरबन्दी खाली छन् । करिब १५ बर्षदेखी सईमा रहेकाहरूको बढुवा नहुँदा केहीले त जागिर छाडेर बिदेश हिडिसकेका छन् । अहिले प्रहरीमा रोचक त के छ भने असईबाट सईमा बढुवा भएका र जवानबाट सई बनेका एकै ठाउँमा छन् । १५ बर्षबाट कमाण्ड दिनेहरु उही दर्जामा छन् । यो भन्दा लाजमर्दी के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.