![]()
एजेन्सी,१९ साउन ।
चीनको चेतावनीपछि भारतले चीनसँगको सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको छ । डोकलाम क्षेत्रमा १८ जुनदेखि ठूलो संख्यामा दुवै देशका सेना आमने–सामने भएर बसेका थिए । चीनले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेको अवस्थामा भारतीय सेना आएर अवरोध गर्न खोजेको आरोप लगाएको थियो ।
चीन सरकारले सो क्षेत्रमा भारतले ठूलो संख्यामा सेनालाई फिर्ता लगेको दाबी गरेको हो । ४ सयको संख्यामा भारतीय सेना रहँदै आएको हाल ४० जनामात्र तैनाथ रहेको चीनले जनाएको हो ।
चीनले आफ्नो भूमि रक्षाका लागि जस्तोसूकै कदम उठाउन आफू तयार रहेको बताउँदै वार्ताका लागि भारतीय सेना फिर्ता हुनुपर्ने शर्त अघि सारेको थियो । दुई देशबीचको सम्बन्ध सुधार गर्ने हो भने भारतीय सेना फिर्ता हुनुपर्ने प्रष्ट पार्दै चीनले अन्यथा भारतले चाहे जसरी नै हर मोर्चाबाट जवाफ दिन आफू तयार रहेको प्रष्ट पारेको थियो ।


