![]()
एजेन्सी,१९ साउन ।
प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि जितेको हो ।
खेलमा एथ्लेटिकोका केईदी बारेले गोल गर्दै टोलीलाई अग्रता दिए । तर लिभरपुलका फर्मिनोले पेनाल्टी मार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटभित्र १–१ गोलको बराबरी भयो ।
यसपछि टाई ब्रेकरमा लिभरपुललाई ५÷४ ले हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जितेको हो । प्रि सिजनमा खेलिएका मैत्रिपूर्ण खेलहरुमा लिभरपुलको यो पहिलो हार हो । प्रिमियर लिग फुटबल सुरु हुनुपूर्व लिभरपुलले अब स्पेनको एथ्लेटिक बिल्बाओविरुद्ध आयरल्याण्डको डब्लिनमा अन्तिम अभ्यास खेल खेल्नेछ ।


