Breaking News.... EverestOnlineKhabar
May 11, 2026

पछिल्लो मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड विजयी

Loading

म्यानु,१९ साउन ।
प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ । राति डब्लिनमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब साम्पाडोरिएलाई २–१ ले हराएको हो ।
युनाइटेडको जितमा हेनरिक एमखितर्यान र आन माटाले गोल गरे । साम्पाडोरिएका लागि डेनिस प्राएटले एक गोल फर्काए । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले प्रि–सिजन क्याम्पियनमा भएका सात खेलमा ६ खेलमा जित निकालेको छ ।
म्यानचेस्टर युनाइटेडले युइएफए सुपर कपको फाइनलमा आउँदो मंगलबार च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग खेल्ने छ । युनाइटेडले अगस्ट १३ मा वेष्ट ह्यामसँग खेलबाट प्रिमियर लिगको नयाँ सिजनको सुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.