![]()
जनकपुर,१९ साउन ।
नेपाली कांग्रेसको प्रदेश नम्बर २ का अगुवा कार्यकर्ताको भेला जनकपुरमा आज हुँदैछ । आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको चुनावको तयारीका लागि जनकपुरमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
वडा कमिटि देखिका सबै तहका सभापति उपस्थित हुने भेलालाई कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि लगायतले संबोधन गर्ने कांग्रेसले जनाएको छ ।
यसअघि दुई चरणका चुनावमा सोचेजस्तो परिणाम ल्याउन नसकेको कांग्रेसले प्रदेश नम्बर २ को चुनाबमा पहिलो पार्टी बन्ने भन्दै चुनावी अभियानलाई तीब्रता दिएको छ ।


