Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सरुवा र बढुवाका लागि चाकडी र भनसुन गर्ने कर्मचारीलाइ ठाउँको ठाउँ कारवाही : मन्त्री साह

Loading

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले सरुवा बढुवाका लागि भनसुन र चाकडी गर्ने कर्मचारीलाइ ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएका छन ।

शहरी विकास तथा भवन निर्माण विभागले नगरकोटमा आयोजना गरेको समीक्षा बैठक कार्यक्रममा बोल्दै मन्त्री साहले कामको आधारमा मूल्यांकन हुने र समयमा सरुवा बढुवा हुने भएकाले यी विषयमा कुनैपनि कर्मचारीले आफूसंग कुरा नगर्न सचेत गराए ।

मन्त्री साहले कर्मचारीहरूलाई आफ्नो काम इमानदारिता पूर्वक गर्न आग्रह गरे ।

समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०७३ र ७४ को वार्षिक प्रगति विवरणमाथि छलफल भएको थियो । कार्यक्रममा देशभरीका आयोजना प्रमुख तथा डिभिजन कार्यालय प्रमुखहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.