Breaking News.... EverestOnlineKhabar
May 11, 2026

रेणु दाहालको उजुरीमा देवी ज्ञवालीका छोरा निरभ पक्राउ, साइबर अपराधमा मुद्दा चलाउने तयारी

Loading

काठमाडौं । नेकपा एमालेकातर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिकाका मेयरका अर्का प्रत्यासी रेणु दाहालको उजुरीका आधारमा निरभलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निरभ काठमाडौंको पुतलीसडकबाट पक्राउ परेका हुन ।

रेणुले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भन्दै निरभबिरुद्ध उजुरी दिएकी थिइन् । निरभलाई महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा राखिएको छ । उनीमाथि साइबर अपराधमा मुद्दा चलाउने तयारी भइरहेको छ ।
भरतपुरको १९ नम्बर वडामा गत मंगलबार सर्वदलीय बैठकले २० साउनमा निर्वाचन गर्ने घोषणा गरेको भोलिपल्ट एमाले उम्मेदवार ज्ञवालीका छोरा पक्राउ परेका हुन ।

प्रतिपक्षी दलका उम्मेदवारकै छोरा पक्राउ परेपछि यसले नयाँ राजनीतिक तरंग ल्याउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.