Breaking News.... EverestOnlineKhabar
August 15, 2026

भारतीय राजदूतसमक्ष राजपाका नेताहरुले किन पोखे यस्तो दुःखेसो ?

Loading

काठमाडौ,१८ साउन ।
भारतीय राजदूत मन्जिभसिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जान सल्लाह दिएका छन् । नेपाल स्थित भारतीय राजदुतावासमा राजदुत पुरीलाई भेट्न गएका रापजाका नेताहरुलाइ राजदुत पुरीले भनेः‘तपार्इंहरू चुनावमा जानुहोस् । माग पूरा गराउन पनि चुनावमा सहभागी हुनु अत्यावश्क छ । वर्तमान सरकारले तपाईंहरूका माग पूरा गराउने विश्वास हामीले लिएका छौं ।’
लैनचौरस्थित भारतीय दूतावासमा राजपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, महेन्द्रराय यादव, शरत्सिंह भण्डारी र अनिल झासँगको मंगलबार बिहानको ब्रेक फास्ट वार्तामा राजदूत पुरीले यस्तो सुझाव दिएका हुन् । असोज २ मा हुने तेस्रो चरणको स्थानीय चुनावमा केन्द्रित बैठकमा राजपाका नेताले संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत आफ्ना तीनबुँदे माग कांग्रेस–माओवादीको गठबन्धन सरकारले पूरा नगरेको दुखेको पोखेका थिए ।
राजपा नेताले गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मधेसका माग पूरा गर्ने भन्दै आफूहरूलाई झुक्याएको धारणा व्यक्त गरेका थिए । राजदूत पुरीसँग केन्द्र (संसद्) र प्रदेश चुनावबारे पनि छलफल भएको थियो । राजपाका नेताहरूले संविधान संशोधनविना आफूहरू चुनावमा जान सक्ने वातावरण नै हुन नसक्ने तर्क गरेका थिए । ब्रेक फास्टमा सहभागी राजपाका पाँचै नेताले पुरीसँग समसामयिक राजनीतिक विषयमा परामर्श गरेको जानकारी राजपाका महासचिव केशव झाले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed