![]()
धनुषा । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा मधेस केन्द्रित दलहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेससंग तालमेल गर्दै आएको माओवादी केन्द्रले प्रदेश नम्बर २ को निर्वाचनमा भने मधेश केन्द्रीत दलहरुलाइ रोजेको हो ।
जनकपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले संघीय लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुसँगको सहकार्य सफल हुने विश्वास व्यक्त गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले सहकार्यका लागि मधेस केन्द्रीत शक्तिहरुलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), संघीय समाजवादी फोरम तथा नेपाल लोकतान्त्रिक फोरमसँग मिलेर जाने सकिने स्पष्ट पार्नुभयो । दाहालले राजपा निर्वाचनमा सहभागी हुने दाबी समेत गर्नुभयो ।


