![]()
चितवन । बहुचर्चित भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ । चितवनमा मुख्य निर्वाचन अधिकृतसहितको सर्वदलिय बैठकले साउन २० गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले भरतपुर महानगर १९मा पुनः मतदान गर्नुपर्ने निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै गत आइतबार फैसला गरेको थियो ।
सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई वडा नम्बर १९ मा मतदानको मिति तय गर्न निर्देशन दिएको थियो ।


