Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सुन तस्करको सेटिङःविमानस्थलबाट प्रहरीकै मिलेमतोमा हुन्छ सुन तस्करी…….

Loading

काठमाडौ,१७ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ। प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो। विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ। मानन्धर विमानस्थलमै कार्यरत थिए। मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए।

उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन्। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए। सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए। उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए। पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। रजाली र सई मानन्धरबीच पटक–पटक फोनमा कुरा भएको थियो।
सशस्त्रका सईले धेरै पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन्। रजाली पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए। सुन तस्करीकै लागि उनी पटक पटक विदेश जाने गरेको प्रहरीको आशंका छ। उनले सो सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बताएका थिए। विमानस्थलमा कार्यरत प्रहरीलाई चेकिङ नहुने भएकाले शौचालयबाट सामान बाहिरसम्म पास गरिँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed